Connect with us
Kapilvast Forest

महोत्सवको नाममा जनतालाई झुक्याएर संस्थाको भवन बनाउने मेसो

२०८०, ११ पुष बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल 

कपिलवस्तुको चन्द्रौटामा पुस १३ गते देखी २४ गते सम्म कपिलवस्तुको चन्द्रौटामा ८ औँ चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरण रहेको छ ।आयोजक रहेको चन्द्रौटा उद्योग वाणिज्य संघले महोत्सवको नारा “विकासको पुर्वाधार, आन्तरिक उत्पादन र उद्योग व्यापार” भनेर व्यापक प्रचारप्रसार गरिहेको छ ।

आयोजकले महोत्सवको नाममा नागरिक झुक्याउदै संस्थाको भवन बनाउने कार्य गर्ने खुलेको छ । उद्योग वाणिज्य संघले नाराले भने जस्तो काम चाही नगर्ने स्पष्ट पारिसकेको छ । उद्योग वाणिज्य संघको नारा मिठो सार्वप्रीय भएपनी नारा अनुसार काम भने केही नगर्ने संस्थाका अध्यक्ष इश्वरी प्रसाद पाण्डेले २१ दिन पहिल्यै स्पष्ट पारिसक्नु भएको छ ।

मंसीर २० गते स्थानिय पत्रकारसगँ भेटगर्दे संस्थाको अपुरो भवन निर्माणका लागि मेला आयोजना गर्न लागेको अध्यक्ष पाण्डेले बताउनु भएको थियो । अध्यक्ष पाण्डेले मेलाको मुख्य उदेश्य नै भवन बनाउने भएको भन्दै सहयोगको अपिल समेत गरेको थिए ।

यस भन्दा पहिले ७ पटक सम्म आयोजना गरीएको महोत्सवमा कृषि पर्यटन लेख्दै आएपनी यस बर्ष आयोजकले कृषि, पर्यटन कहिकतै उल्लेख गरेको छैन । प्रचार प्रसार भए अनुसार अहिलेसम्म कुनै पनि आयोजकले सामाजिक कार्य नगरेको नागरिक समाजका अगुवाहरुले बताउछन ।

१३ गते देखी सुरु हुने महोत्सवमा आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले ६० देखी ७० लाख सम्म बचाउने आर्थिक जानकारहरुको भनाई रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu