कपिलवस्तुमा बृहत निरंकारी सत्संग कार्यक्रम सम्पन्न
कपिलवस्तुको विजयनगर गाँँउपालिका ४ मिझुनीयामा बृहत निरंकारी सत्संग कार्यक्रम सम्पन्न भएको छ ।
संत निरंकारी मण्डल नेपाल कपिलवस्तुको आयोजना सत्संग कार्यक्रम सम्पन्न भएको संत निरंकारी बुन्देश्वर चौहानले जानकारी दिनुभयो ।
सत्संग कार्यक्रममा आयोध्यका निरंकारी रजिव तिवारी, बुटवलका कुसल केसी, स्याङजाका कुल बहादुर केसी, दाङका गोविन्द वलीले निरंकर सम्बन्धी प्रवचन दिनुभएको आयोजक मोतिलाल चौहानले बताउनुभयो ।
