Connect with us
Kapilvast Forest

तीन दशकमा भित्रियो डेढ खर्ब विदेशी लगानी

२०८०, १६ पुष सोमबारमा प्रकाशित

मुलुकमा तीन दशकको अवधिमा डेढ खर्बभन्दा बढी रकम बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ । लगानी गर्ने भनेर प्रतिबद्धता गरेको रकममध्ये एक चौथाइ रकम भित्रिएको तथ्याङ्कले देखाएको छ । सरकारले खुला अर्थनीति अवलम्बन गरेसँगै मुलुकमा हालसम्म एक खर्ब ५८ अर्ब ६० करोड रुपियाँ बराबरको प्रतित्यक्ष विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

सुरुदेखि हालसम्म चार खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपियाँ बराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएकामा डेढ खर्ब रुपियाँभन्दा बढी विदेशी लगानी भित्रिएको हो ।

देशमा लगानी गर्ने भनेर बर्सेनि प्रतिबद्धता रकम बढ्दै गए पनि सो अनुपातमा लगानी भने भित्रिन सकेको छैन । विदेशी लगानीसम्बन्धी नीतिनियम समसामयिक परिवर्तन नहुनु, संस्थागत संरचना चुस्तदुरुस्त र झन्झटिलो प्रशासनिक काम, पूर्वाधारको कमी, अस्थिर राजनीतिलगायतका कारण प्रतिबद्धता अनुसार लगानी भित्रिन नसकेको हो ।

उद्योगमा लगानी वृद्धि गरेर अर्थतन्त्रमा योगदान पु¥याउन प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण कार्यलाई प्रोत्साहन गर्ने सरकारको नीति भए पनि अपेक्षित वैदेशिक लगानी भित्र्याउन नसकेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । पूर्वसचिव कृष्ण ज्ञवालीले नीतिगत समस्या र राजनीति अस्थिरता झन्झटिलो प्रशासनिक प्रक्रियाले पनि अपेक्षा अनुसार लगानी भित्रिन नसकेको बताउनुभयो ।

लगानीकर्तालाई आकर्षण गर्न लगानीयोग्य वातावरण सिर्जना गर्नु पर्छ, लगानी सम्मेलनमा गरेको प्रतिबद्धता अनुसार व्यवहारमा लगानी किन आएन भनेर अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले नीतिगत सुधारका कारण मुलुकमा भित्रिने विदेशी लगानीमा सुधार आएको जानकारी दिनुभयो ।

सरकारले विदेशी लगानीलाई सहजीकरण गर्न गत वर्षको मङ्सिरदेखि विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँ बनाएको थियो । नेपालमा विदेशी लगानी सबैभन्दा धेरै पर्यटन, सेवामूलक, उत्पादनमूलक, कृषि तथा वनमा आधारित उद्योग, ऊर्जा, सूचनामूलक, खनिज क्षेत्रमा भित्रिने गर्छ । सबैभन्दा धेरै पर्यटन, सेवामूलक, ऊर्जा र उत्पादनमूलक क्षेत्रमा लगानी भित्रिने गरेको छ ।

पाँच महिनामा बिस अर्ब विदेशी लगानी प्रतिबद्धता चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मङ्सिरसम्म)मा १९९ वटा उद्योगमा विदेशी लगानी स्वीकृत भएको छ । ती उद्योगले २० अर्ब ६० करोड रुपियाँ लगानी प्रतिबद्धता जनाएका छन् । यी उद्योगबाट १० हजार १२० रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

मङ्सिर महिनामा २१ वटा उद्योगका लागि दुई अर्ब २५ करोड रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । मङ्सिरमा विदेशी लगानी प्रतिबद्धता जनाएका उद्योगबाट एक हजार ३५० रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

विभागका अनुसार पाँच महिनामा १८९ साना उद्योगमा १४ अर्ब १६ करोड ९५ लाख १५ हजार रुपियाँ प्रतिबद्धता आएको छ । तीन ठुला उद्योगमा तीन अर्ब ६६ करोड ५२ लाख ३३ हजार रुपियाँ प्रतिबद्धता आएको छ ।

यस्तै सात मझौला उद्योगमा दुई अर्ब ७७ करोड ५८ लाख ३० हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu