Connect with us
Kapilvast Forest

प्युठानको बहुप्रतीक्षित बाग्दुला-भीमगिठे सडकको ठेक्का लाग्दै

२०८०, १९ पुष बिहीबारमा प्रकाशित

प्यार अलि खान
बहुप्रतीक्षित बाग्दुला – भीमगिठे सडक निर्माणको ठेक्का लाग्ने भएको छ।
बाग्दुला – मच्छी – ठुलाबेशी – भीमगिठे जोड्ने ७१ किलोमिटर सडकको नयाँ ठेक्का प्रकृया छिट्टै अघि बढ्न लागेको आयोजना कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले जानकारी गराए। विगतमा देखिएका झन्जट तथा अवरोधहरु हटेकाले ठेक्का प्रकृया लगाउन सहज भएको उनले बताए।
बाग्दुला – भीमगिठे सडकको हालको स्थिति, स्थानीय तहका जनप्रतिनिधिहरुको भनाई, सर्वसाधारणको माग तथा आवश्यकता र बडीगाडमा निर्माण सम्पन्न भैसकेको पुलको बारेमा कार्यालयलाई ब्रिफिङ गरिएको प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले बताए।
यस सडकले प्यूठान, गुल्मी, बाग्लुङ र पूर्व रुकुमसम्मको दुर्गम क्षेत्रको विकासमा कायापलट गर्ने विश्वास लिईएको थापाले बताए। थापाले भने, ‘ यस सडकले स्वर्गद्वारी – रिडी – रेसुङ्गा ढोरपाटन र मुक्तिनाथ क्षेत्रको समग्र पर्यटन विकासलाई एकीकृत र सहज बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ।’
२०७१ सालदेखि निर्माण प्रयास गरिएको बाग्दुला – भीमगिठे सडक भारतीय सरकारको सहुलियत ऋणमा निर्माण गर्न विभिन्न चरणमा विभिन्न प्रयासहरू भएको थियो।
न्यायालयबाट समेत अगाडि बढ्न बाटो खुलेकोले सडकको पुरानो लागत
ईस्टिमेट तथा अध्यावधिक गर्न टोली छिट्टै प्यूठान आउन लागेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्दराज पोखरेलले जानकारी गराए। सबै प्रक्रियाहरू बिना अड्चन अगाडि बडेमा कम्तिमा २०८१ सालमा सडक निर्माण कार्य सुरु हुने उनले बताए।
सडक निर्माणको सुरुमा ठेक्का पाएको भारतीय निर्माण कम्पनी कोल्याप्स भएकाले रद्द गरेर नयाँ ठेक्का लगाउन कम्तिमा ५ वर्ष लागेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj