Connect with us
Kapilvast Forest

बिओपीको कमान्ड सम्हाल्दै सशस्त्र प्रहरी निरीक्षक दम्पत्ती

२०८०, २० पुष शुक्रबारमा प्रकाशित

किरणमान बज्राचार्य–
सुरक्षाको दृष्टिकोणले संबेदशील मानिएको कपिलवस्तुमा सशस्त्र प्रहरीका एक दम्पत्ती प्रहरी निरीक्षकले एकैसाथ २ (बिओपी ) बर्डर आउट पोस्ट ) को कमान्ड सम्हालेका छन । गत असोज पहिलो साता देखि सशस्त्र प्रहरी निरिक्षक शितल ईटनी र उनकी श्रीमति दुर्गा कडायतले बिपोओपीको कमान्डरकोरुपमा काम गर्र्दै आएका हुन । तराईको जिल्लाहरुको पर्ने कपिलवस्तु सिमामा हुने अपराधिक क्रियाकलापको सुरक्षाको दृष्टिकोणले निकै संबेदनशील मानिन्छ । त्यस पनि सिमा अपराध, तस्करी, लागुऔषध, मानव बेचबिखन लगायतको समस्या पनि जिल्लाको मुख्य चुनौती हो । इटनी र कडायत गत असारमा बैवाहिक बन्धनमा बाधिएका थिए । बिवाह गरेको ३ महिना पछि नै उनीहरुले बिओपीको कमान्डको जिम्मेवारी पाएका हुन ।

शितलले कृष्णगनर नगरपालिका – ६ भिल्मी र दुर्गा कडायतले महाराजगंज नगरपालिका– १० हर्दौना बिओपीको कमान्ड सम्हालदै आएका छन । ती दुबै बिओपीसंगै जोडिएका छन । हर्दौना पश्चिम र त्यसको पुर्वमा भिल्मी बिओपी छन । भारतसंग जोडिएको ९३ किलो मिटर सिमा नाका मध्ये हर्दौना बिओपीको ५ दशमलव ५ र भिल्मी बिओपीको ८ किमी सिमा नाका क्षेत्र उनीहरुको कमान्ड क्षेत्रमा रहेको छ । हर्दौदानामा आउजाउकालागि ४ वटा सिमा नाका र भिल्मीमा ५ वटा सिमा नाका छन । ति नाकाहरुको उनीहरुले नियमित गस्ती गर्दै निग्रानी बढाएको बताउछन । सशस्त्र प्रहरीको गण नम्बर २८ को मातहतमा ती दुई सहीत ७ बिओपी छन । जिल्लामा भने कुल १६ वटा सशस्त्र प्रहरीको युनिट छन ।

जिल्ला मै दम्पतीले बिओपीको कमान्ड सम्हालेको यो पहिलो पटक हो । यस्तै महिला प्रहरी निरीक्षकले पनि बिओपीको कमान्ड सम्हालेको यो पहिलो हो । निकै संघषै गरेर यो सफलता चुमेकी माईती घर अछामको भएकी कडायतले श्रीमानसंगै एकै साथ बिओपीको कमान्ड सम्हाल्न पाउदा आफुलाई नौलो अनुभव भएको बताईन । सिमा सुरक्षा, सिमा स्तम्भको सुरक्षा, सिमा अपराध, तस्करी नियन्त्रण, सिमा हुने कुनै पनि अपराधि गतिबिधि नियन्त्रण आफुहरुको मुख्य काम रहेको उनले बताईन । अवधी भाषा बोल्न नजानेकी कडायतलाई भाषाका कारण भने केही समस्या झेल्नु परेको बताईन । कक्षा १० सम्म अछाम मै पढेर उच्च शिक्षा भने काठमाण्डौमा उनले हासिल गरिन ।

२०७२ सालमा नेपाल प्रहरीको असईमा नाम निकालेर एक बर्ष जति त्यहा काम गरिन । त्यसको एक बर्ष पछि २०७३ भदौमा परिक्षा दिईन । २०७७ मा उनी सशस्त्र प्रहरी निरीक्षक बनिन । १ भाई र ४ दिदी बैनी रहेकी उनी आफनो गाउमा उच्च शिक्षा हासिल गर्ने र यो ओहोदा सम्म पुग्ने पहिलो ब्यक्ति समेत हुन । उनले मातातिर्थ र पोखर कालिका गढ र लामा पाटन, काठमाण्डोको सिना मंगलमा उद्धारको तालिम समेत लिईन ।

हेड क्वाटरमा ३ महिना तालिम पछि उनको पोस्टिङ हदौना भएको हो । ‘ श्रीमानसंगै कमान्डस सम्हादा नया अनुभव देख्न पाइएको छ ’ कडायतले भनिन । राम्रो सोच सहीत तयारी गरिए सफलता मिल्ने उनले बताईन । अछाम जस्तो बिकट ठाउबाट पनि आफुले मिहीनेत र परिश्रम गरी यहा सम्म पुगेको उनले बताइएन । उनले श्रीमानसंगै सिमाको सुरक्षा गर्न पाउदा धेरै खुशी लागेको उनले बताईन । दाधिङको गाउ मै एसएसि सम्मको पढाई गरेका शितल ईटनीले उच्च शिक्षा भने काठमाण्डौबाट हासिल गरे ।

ईटनी जात सुन्दा अचम्म लागे पनि ब्राम्हण रहने उनले बताए । २०७० साल साउन ३० गते असईमा नियुक्त भई २०७७ भदौ १४ गते उनी प्रहरी निरीक्षक बनेका हुन । तालिम केन्द्र प्रशिक्षण ईमीस्पी ६, प्रधान कार्यालय सिमा बिभाग, तालिम निर्देशनालयमा उनले काम गरे । गत असोज ६ गते उनी भिल्मीमा हाजिर भएका हुन । श्रीमति कडायतसंगै उनले तालिम लिएका थिए । उनले सशस्त्र प्रहरीको नीति, निर्देशन अनुसार नै आफुले काम गर्ने गरेको बताए । श्रीमतिसंगै सिमा सुरक्षाको सहकार्य गरी काम अघि बाढएको उनले बताए । झन्डै ढाई महिनाको बिताएका उनले सिमा सुरक्षा र सिमा स्तम्भ लगायतका सिमा सम्बन्धी काम सन्तोषजनकरुप मै बाढएको बताए ।

सशस्त्र प्रहरीलाई दिइएको जिम्मेवारी अनुसार आफुहरुले सिमा स्तम्भको मर्मत संभारको काम सकिसकेको बताए । सशस्त्र प्रहरी गण २८ का गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले दम्पत्तीले २ बिओपीमा अहिले सम्म राम्रो काम गरेको बताए । उनले दिईएको जिम्मेवारी अनुसार दुबैले कत्तब्र्य पालना गरको उनले बताए । भारतीय समकक्षीसंग समेत राम्रो समन्वय गरेर सिमा क्षेत्रलाई सहीढंगले अघि बढाएको उनले बताए ।