Connect with us
Kapilvast Forest

प्रहरीले विद्यार्थीलाई पढाउन थाले

२०७६, ३० कार्तिक शनिबारमा प्रकाशित

फाइल तस्बिर

काठमाडौं । सप्तरीमा प्रहरीले विद्यार्थीलाई स्कुलमा पढाउने काम गर्न थालेका छन् । शान्ति सुरक्षा र स्वस्थ नागरिक बनाउन तथा कुलतबाट टाढा राख्न कानुनी कार्बाहीमा मात्रै निर्भर रहने गरेको प्रहरी जनचेतना फैलाउन सक्रिय बनेको हो ।

प्रहरीले राजविराजस्थित एक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ७५ जना विद्यालयका छात्र /छात्रलाई बिहीबारदेखि पढाउने काम शुरु गरेको हो । प्रहरीले कक्षामा अपराध रोकथामका उपायहरु, व्यक्तिगत जिम्मेवारी, लैंगिक हिंसा, बाल दुर्व्यवहार, लागू औषध, मादक पदार्थका प्रकार, असर र बच्ने उपायहरु, आधारभूत, सडक र साइबर सुरक्षा तथा प्रहरीलाई खबर गर्ने १०० नम्बरको प्रयोगलगायतका विषयमा पढाउन थालेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा युथ एजुकेशन सर्भिस (एस) नाम दिएको कार्यक्रम राजविराजको प्राइम होलिक्रस एकेडेमीमा सञ्चालन भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu