वडाअध्यक्षहरुद्धारा शिवराजको बैठक बहिष्कार, मेयर थापाले एकलौटी गरेको आरोप
न्युज सेन्टर नेपाल—
कपिलवस्तुको शिवराज नगरपालिका वडाअध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन । नगर प्रमुख अजय थापा एकलौटी रुपमा चलेको वडाअध्यक्षहरु अनुप कुमार चौधरी र रिजवान अहमदले आरोप लगाउदै बैठक बहिष्कार गरेका छन ।
नगर प्रमुख थापा स्थानिय सरकार सञ्चालन ऐन २०७४ विपरित चलेको वडाअध्यक्षहरुले अरोप बताएका छन । शिवराज नगरपालिकाको पुस २६ गते हुने १४ औं नगर सभामा आफु अनुकुलका योजना मात्र समाबेश गरेको वडा नं ७ का अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो ।
नगरसभामा सबै वडाअध्यक्षको योजना समाबेस गर्न अनुरोध गर्दा पनि मेयर थापाले मधेशी समुदायलाई बाइपास गरी एकलौटी पेलेर जान खोजेको वडाअध्यक्ष चौधरीले आरोप लगाउनु भयो ।
मेयर थापा र केही कर्मचारीहरुले पालिकालाई आफु अनुकुल गैर कानुनी तवरले चलाउन खोजेको वडा नं ८ का वडा अध्यक्ष रिजवान अहमदले बताउनुभयो । आज बसेको कार्यपालिका बैठकमा मेयर थापा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम आर्यालले आफ्नो योजनालाई बेवास्ता गरी मेयर थापाको इसारामा चलेको आरोप लगाउनु भयो । मेयर थापाले गर्दा वडाको विकास गर्न नसेको निर्वाचित जनप्रतिनिधीहरुले बताएका छन ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम आर्यालले आफु कसैको पक्षमा नरहेको बताउनुभयो । मेयर थापाको इसारामा नचलेको प्रशासकीय अधिकृत आर्यालले जानकारी दिनुभयो ।