Connect with us
Kapilvast Forest

बोम्जनको घरबाट १६ देशका मुद्रा बरामद, कम्तिमा साढे ३ करोड नेपाली रुपैयाँ बरामद

२०८०, २५ पुष बुधबारमा प्रकाशित

अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको घरमा छापा मारेर प्रहरीले १६ वटा देशका मुद्रासहित कम्तिमा ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, बुढानीलकण्ठको हात्तिगौंडास्थित उनी बसिरहेको घरमा छापा मारेर प्रहरीले विभिन्न मुलुकका मुद्रा बरामद गरेको हो । ‘अझै पनि सीआईबीको टोली उनको घरमै छ’, ब्यूरोका एक अधिकृतले भने, ‘अमेरिकन डलर, थाई, क्यानडियन लगायतका मुद्रा बरामद भएका छन् ।’

प्रहरीले बोम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ । सीआईबीले बोम्जनलाई मंगलबार साँझ हात्तिगौंडाबाट पक्राउ गरेको थियो । उनी त्यहाँ श्रीमती र छोराछोरीसहित बसेका थिए ।

विशेष सूचनाका आधारमा ब्यूरोका डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले त्यहाँ पुगेर बोम्जनलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि बोम्जनले घरको दुई तलामाथिबाट हामफालेर भाग्ने प्रयास गरेका थिए । यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

बोम्जनले अनुयायी बेत्तपा पारेको भन्दै पहिलो पटक १२ पुस २०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो । उजुरी पर्नुभन्दा ३ वर्षअघि बमजनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो ।

तर, त्यसयता उनको सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो । बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ ।

उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिउको थियो । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।

सीआईबीको टोलीले ३ असार २०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जन आश्रममा छापा मारेको थियो । त्यसबेला बोम्जन त्यहाँ रहेको सूचना पाएपछि काठमाडौंस्थित सीआईबीबाट एसपी बेलबहादुर पाण्डे नेतृत्वको टोली सिन्धुली पुगेको थियो । तर, प्रहरी खाली हात फर्किनु परेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu