शिवराजका जनप्रतिनिधिद्वारा नगर सभा बहिष्कार
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाका नगर सभा सदस्यहरुले आज भएको १४ औं नगरसभा बहिष्कार गरेका छन् । नगर सभाले वडाको विकासका योजना समाबेश नगरेकाले नगर सभा बहिष्कार गरेको सदस्यहरुले जानकारी दिएका हुन ।
नगर सभा सदस्यहरु अनुप कुमार चौधरी, रिजवान अहमद खाँ, किनमती रैदास, ज्ञानमती तेली, अब्दुल हई मुसलमान, सत्यनारायण बढई, विनु विक, सन्त कुमार धोबी, चन्द्रवती लोनिया, गोली पासीले नगरसभा बहिष्कार गरेका हुन ।
नगरका १० जना सभा सदस्यहरुले नगर सभा प्रती असन्तुष्टी जनाउदै नगर सभा बहिष्कार गरेको नगर सभा सदस्य तथा वडा नं ७ का अध्यक्ष अनुप कुमार चौधरीले जानकारी दिनुभयो ।
२४ गते भएको नगर कार्यपालिकाको वैठक बहिष्कार गरेका २ वडा अध्यक्ष सहित आज १० जानले नगर सभा बहिष्कार गरेको चौधरीले बताउनु भयो ।
नगर प्रमुख अजय थापा र प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले वडाको योजना समाबेश नगरेकाले बध्य भएर आफुहरु नगर सभा बहिष्कार गरेको नगर सभा सदस्य तथा वडा नं ८ का अध्यक्ष रिजवान अहमत खाँले जानकारी दिनुभयो ।