Connect with us
Kapilvast Forest

प्रअ मुसलमानद्धारा विद्यार्थीलाई सुइटर वितरण

२०८०, ३ माघ बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तु- प्रधानाध्यपक हकिम मुसलमानले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ रुद्धपुरमा रहेको मदरसा दारुल किताब सुन्नह प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो सुइटर वितरण गर्नु भएको छ । शिवराज ८ लक्ष्मणपुर आधारभूत बिद्यालय बिलरहवाका प्रधानाध्यपक समेत रहेका हकिम मुसलमानले जाडोबढेपछी विद्यार्थीहरुलाई न्यानो सुइटर वितरण गरेको बताउनुभयो ।

मदरसा दारुल किताब सुन्नह प्राथमिक विद्यालयका ९० जना विद्यार्थीहरुलाई न्यानो सुइटर वितरण गरेको प्रअ मुसलमानले जानकारी दिनुभयो । सुइटर पाएपछी विद्यार्थीहरु खुसी भएका छन ।

न्यानो सुइटर वितरण कार्यक्रममा बोल्दै शिक्षाप्रेमी प्रह्लाद पाण्डेले प्रअ मुसलमानलाई रचनात्मक र सकाराात्मक कार्य गरेको प्रती आभार व्यक्त गनुृभयो । जाडोले कठग्रीएर पढ्ने बालबालिकालाई न्यानो सुइटरले राहत पुग्ने शिक्षाप्रेमी प्रह्लाद पाण्डेले विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो ब्यक्तिगत खर्चमा उक्त बिद्यालयका सम्पूर्ण विद्यार्थीलाई स्वेटर बितरण गर्नु भएको मदरसाका मौलाना जहुर मोहम्मद खानले धन्याबाद समेत दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu