Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा पिक्सल मोबाइल महामेला सुरु

२०८०, १० माघ बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको चन्द्रौटामा पिक्सल मोबाइल महामेला २०८० आजदेखी सुरु भएको छ ।

मोबाइल महामेलाको चन्द्रौटा निवासी डाक्टर वसिउल्लाह खानले रिबन काटेर उदघाट्न गर्नु भएको हो ।

अहिलेको आधुनिक युग मोबाईल, इमेल, ईन्टरनेटले चलेको भन्दै यो मेलाले युवा जमातमा सकारात्मक सन्देश जाने डाक्टर वसिउल्लाह खानले बताउनु भयो ।
युवाहरुले मोबाईलको दुरुपयोग नगरी सकारात्मक र सहि काममा प्रयोग गर्न डाक्टर वसिउल्लाह खानले अनुरोध गर्नु भयो ।

चन्द्रौटा बजार स्थित विन्द्याबासिनी मिष्ठान छेउमा मोबाइल महामेला सुरु गरेको मेलाका आयोजक अर्सलान खानले जानकारी दिनुभयो ।

२० हजार बराबरको मोबाईल खरिद गरे बापत बम्पर उपहारको ब्यवस्था गरिएकोछ ।

मोबाइल खरिदकर्तालाई अनिवार्य उपहारको ब्यवस्था गरिएको अर्सलान खानले बताउनु भयो ।

उपहारमा स्कुटी, फ्रीज, साइकल, मोबाइल, टेभी, घडी र इलेक्ट्रोनिक समान लगायतका उपहार राखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu