शिवराजमा मेयरका आफन्तलाई सेटिङ्गमा ठेक्का
न्युज सेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिकामा सेटिङ्गमा ठेक्का दिएको रहस्य खुलेको छ । शिवराज नगरपालिकाले प्रकाशित गरेको सुचनामा कवाडी र मृत जीव जन्तुको हाड सिंग खुर तथा छाला हाड निकासी कर लेखीएपनि आर्थिक चलखेल तथा सेटिङ्ग गरी लुम्बिनी कवाड सेन्टरलाई ठेक्का दिएको रहस्य खुलेको हो ।
शिवराजका पालिका मेयर अजय थापा र प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, पालिकाका राजस्व शाखामा कार्यरत विपिन पाण्डेयले नियम विपरित सम्झैता तथा कबुलियत नाममा नै परिर्वतन गरेको पाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले मेयरको आफनै नातागोता राम सेवक यादवललाई ठेक्का दिएका छन । राम सेवकसगै पार्टनरमा मोहम्मद अख्तर खाँ (शाहजादे) र जय प्रकाश गुप्ता रहेका छन । राम सेवक यादव मेयर थापाको सानोबुवा (माउसिया) हुन ।
सुचनामा कवाडी र मृत जीव जन्तुको हाड सिंग खुर तथा छाला हाड निकासी कर लेखीएको छ तर काबुलियत नामामा ठेकेदारले आन्तरिक रुपमा संकलित कवाड शिजराज नगरपालिका भित्र विक्रिहुदाँ कर उठाउन पाउने, नगरबाट बाहिर निकासी हुने कवाड जन्य समानमा निकासी कर लिन पाउने भनेर लेखीएको छ ।
लुम्बिनी कवाड सेन्टरले रु ११ लाख ४२ हजार ४ सय ३० मा ठेक्का लिएको हो । २०८१ असार मसान्तसम्म राजस्व उठाउन पाउने गरी ठेक्का दिइएको छ । नगरपालिका मिति २०८० असार १४ गते प्रथम पटक र मिति २०८० साउन २ गते दोस्रो पटक सुचना प्रकाशित गरेको थियो ।
दुवै पटक प्रकाशित सुचनामा कवाडी र मृत जीव जन्तुको हाड सिंग खुर तथा छाला हाड निकासी कर लेखीएको छ तर काबुलियतको फारममा परिर्वतन गरी सेटीगंमा सम्झौता गरिएको आशांका गरिएको छ ।
बाह्य निकासीको नाममा नगरले जारी गरेको सुचनामा कम मुल्य देखाइएको छ भने सम्झौता गर्दा आन्तरिक कर राजस्व संकलन गर्न पाउने सम्झौता गरिएको छ । जस्ले गर्दा करौडौँ रुपैया सिधैँ व्यक्तीलाई जाने र पालिकाको करौडौँ राजस्व रकम गुमेको देखीन्छ ।
पालिकाले फालम, मदिराको बोटल, तामा पित्तल, हाड सिंग खुर, कागज, प्लाष्टिक जन्य पदार्थ सहित १३ बस्तुको निकासीको लागि बोलपत्र आह्वान गरेको थियो ।
काबुलियत नामा, बोलपत्र


