कपिलवस्तु प्रहरीद्धारा बलात्कार प्रयास
कपिलवस्तु , कार्तिक ३० । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार बल बहादुर जिसी माथि बलात्कार प्रयास गरेको आरोप लागेको छ । कपिलवस्तु नगरपालिका वडा नं. १ पुरानो हाटबजार स्थित खाजा पसल संचालन गरेर बसेकी एक ३५ बर्षिय महिलालाई मादक पर्दाथ सेवन गरि प्रहरी हवल्दार जिसीले जर्बजस्तीकरणी प्रयास गरेको पीडितले बताएकी छिन् ।
२७ गते बेलुकी ५ बजे प्रहरी हवल्दार जिसी मादक पर्दाथ सेवन गरि मातिएको अवस्थामा आफ्नो होटलमा आई जर्बजस्ती गरेको र नमानेपछि पसलको सरसामान फुटाई आफुलाई मरणासन्न हुनेगरि कुटपिट गरेको र संवेदनशिल अंगहरुमा समेत चोट र्पुयाएको पीडितले बताउनुभएको छ ।
यसबारे तत्काल प्रहरीलाई जानकारी दिएपछि प्रहरी टोली आएर जिसीलाई लिएर गएको र अर्को दिन आफु २८ गते जिल्ला प्रहरी कार्यालयमा गएर जाहेरी दिन खोज्दा प्रहरी नायब उपरिक्षक सुनिल मल्लले उल्टै धम्क्याएको र जाहेरी दर्ता गर्न नमानेको पीडित महिलाले आरोप लगाउनुभयो । तिमी चुप लागेर बस हामीलाई हाम्रो काम गर्न देउ भन्दै जाहेरी नलिएर फिर्ता पठाईदिनुभयो” उहाले भन्नुभयो । महिलाको बयान तथा जाहेरीको प्रतिलिपी प्रेसपाटी संग सुरक्षित छ ।
जिल्ला प्रहरी कार्यालयले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । प्रहरी उपरिक्षक दीपशमशेर जबरा जिल्ला बाहिर रहेको र जिल्लामा प्रहरी नायब उपरिक्षक सुनिल मल्ल निमित्त जिम्मेवारी छन् ।
आफुलाई पीडित भनिएकी महिलालले जाहेरी दिदा समेत दर्ता नगर्ने र छानबिनमा चासो नदेखाएर प्रहरीले आफ्नै कुकर्म ढाकछोप गर्ने हर्कत कदापी जायज नभएको नागरिक अगुवाहरुको आरोप छ । प्रहरी तत्काल घटनाको छानबिन गर्नुपर्ने र दोषी प्रहरीलाई कारवाही गर्नुपर्ने नागरिक अगुवाहरुले माग गरेका छन् ।