Connect with us
Kapilvast Forest

पश्चिम नेपालमा वर्षा र हिमपात

२०८०, १८ माघ बिहीबारमा प्रकाशित

पश्चिमी भूभागमा वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । त्यसको प्रभावले सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको हो ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात पनि भएको छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानहरूमा भने हुस्सु लागेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका मौसमविद डा. विनोद पोखरेलका अनुसार पश्चिम नेपालमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । काठमाडौंमा भने वर्षाको कम सम्भावना रहेको उनले सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिए अनुसार आगामी २४ घण्टा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu