Connect with us
Kapilvast Forest

युरोप पठाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने दुई जना पक्राउ

२०८०, २५ माघ बिहीबारमा प्रकाशित

वैदेशिक रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रुपियाँ ठगी गरेको अभियोगमा दुई जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका-३ घर भएका सरोज यादव, नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाझिज घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय रामसेवक सिंह छन् ।

उनीहरूले ५५ जनालाई युरोप पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५५ हजार रुपियाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

रामेश्वर सिंह २०७४ सालमा भेरी ओभरसिज सञ्चालन गर्दा दुई सय जनालाई तीन करोड ठगी गरेकोमा एक वर्ष ६ महिना जेल बसेर निस्केको, सरोज यादव, नागेन्द्र यादव र गुरुदेव यादवको नागरिकताको प्रमाणपत्रमा आफ्नो ज्वाइँ नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी कन्सल्टेन्सी दर्ता गरी ४८ जनाबाट विदेश पठाउने भन्दै प्रतिव्यक्ति सात लाख रुपियाँसम्म उठाएको र रामेश्वर सिंहले राम सेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरुपयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रुपियाँ बराबरको २५ थान चेक र सिम कार्ड नौ थान बरामद गरेको छ ।

उनीहरू उपर ठगी, कीर्ते, जालसाजी, बैङ्किङ कसुरलगायतका मुद्दामा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu