ठेक्काको म्याद थप्नुपर्दा पूँजीगत खर्च बढेन: अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यविधि बन्ने लगायत समस्या भएर ठेक्काको म्याद थप गर्नुपर्ने जस्ता कारण पूँजीगत खर्च नबढेको बताएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै उनले अब ती समस्या समाधान हुँदै गएकोले पूँजीगत खर्च बढ्ने दाबी गरे ।
व्यापार प्रणालीमा परिवर्तन हुँदा पनि राजस्व प्रभावित भएको उनले बताए । चालु आर्थिक वर्ष ६ महिनामा राजस्व लक्ष्यमा ७७.१४ प्रतिशत उठेको उनले बताए । आउने दिनमा सुधार गर्न सकिन्छ भन्ने लागेको उनको तर्क छ ।
विद्युतीय गाडी (ईभी) प्रमोसन गरेको र सोही क्षेत्रमा माग बढेकाले भन्सार आयातको ठूलो हिस्सा इन्धनमा आधारित गाडीबाट हुने गरेकोमा इभी आयात बढ्दा राजस्व बढ्न नसकेको उनले बताए ।