Connect with us
Kapilvast Forest

विपक्षी दलहरुले मागे भौतिक पूर्वाधारमन्त्रीको राजीनामा

२०८०, ६ फाल्गुन आईतवारमा प्रकाशित

प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेका थिए । सभामुखले समय दिएपछि एमालेका सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष माग गरे ।

‘पुस १३ गते सिंगो देशलाई शोकमा डुबाउने घटना भयो । सरकारले आयोग बनायो । आयोगको निष्कर्ष बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्या घटना भयो र दुई युवकको मृत्यु भयो भन्ने छ,’ बर्तौलाले भने ।

कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा प्रदर्शन भएको थियो । त्यसक्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो भने प्रदर्शनमा सहभागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

उक्त घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनले बर्खास्तीको माग गरे । ‘आयोगले सरकारको मन्त्री दोषी भन्यो । तर, मन्त्री पदमा बहाल हुनुहुन्छ । त्यसकारण घटनामा जोडिएका मन्त्रीलाई अविलम्ब हटाइयोस् । बर्खास्त गरियोस्,’ उनले भने ।

त्यसपछि बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागे । ‘छताछुल्ल प्रमाण भएको व्यक्ति कारबाहीमा नपरेको’ भन्दै उनले सरकारको नियतमाथि नै शंका लागेको पनि बताए ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपकबहादुर सिंहले पनि मन्त्री ज्वालालाई हटाउन माग गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu