Connect with us
Kapilvast Forest

कपिलवस्तुमा भेटियो टाउको नभएको शव

२०८०, ७ फाल्गुन सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँको टाउको नभएको शब फेला परेको छ । पिपरी गाउ नजिकैको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको नेपाल प्रहरीका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

आइतबार बेलुका ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो ।

आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको थियो। सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनु भयो । अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको हो।

शरीर र यौनांग जलेको अवस्थामा रहेको छ। घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ।
मृतकको अझैसम्म पहिचान भने नखुलेको प्रहरी उपरीक्षक पौडेलले बताउनु भयो । शव पोस्र्टमका लागि कपिललस्तु अस्पताल लगिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu