Connect with us
Kapilvast Forest

मेयर कलामले गरे क्याम्पस भवन शिलान्यास

२०८०, ११ फाल्गुन शुक्रबारमा प्रकाशित

कपिलवस्तुको महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले एक समारोहबीच फलहारी बाबा बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्नुभएको छ ।

दुई तल्ले १२ कोठे भवनको पहिलो चरण अन्तरगत ७४ लाखको भुइतल्ला भवन सिलान्यास गरेको मेयर अब्दुल कलामले बताउनुभयो ।

महाराजगंज बजार स्थित रहेको क्याम्पसमा व्यवस्थित पठनपाठन गराउने उद्देश्यले नगरपालिकाद्वारा नै भवनको लागि रकम निकासा गरी क्याम्पसको भवनको निर्माण सुरु गरेको महाराजगंज नगरपालिकाका मेयर तथा नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

महाराजगंज १ महाराजगंजमा रहेको बहुमुखी क्याम्पसमा भवनको अभाव भएकोले नयाँ भवन निर्मााण्को लागि शिलान्यास गरिएको मेयर कलामले जानकारी दिनुभयो

क्याम्पसमा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या हुदै आएको अवस्थामा मेयरले भवनको शिलान्यास गर्न सफल भएकोमा धेरै खुसी लागेका बताउनुभयो ।

पहिलो चरणमा भुइँतल्ला ६ कोठे भवन र शौचालय निर्माणको काम थालिएको छ । सो योजना न्यु चौधरी निर्माण सेवाले निर्माणको जिम्मा पाएको
महाराजगंज नगरपालिकाका प्राविधिक सुनिल के.सीले जानकारी दिनुभयो । सोयोजना २०८१ मंसीर २१ गते सम्पन्न हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu