Connect with us
Kapilvast Forest

लुम्बिनीमा राज्य पक्षबाट शान्ति भंग गर्ने प्रयास भयोः पूर्वमन्त्री शुक्ला

२०८०, १८ फाल्गुन शुक्रबारमा प्रकाशित

प्रह्लाद यादव-लुम्बिनी
शान्ति भूमि लुम्बिनीमा अशान्तिको चिन्गारी फैलिन नपाउदै उचित समाधान निकाल्न पूर्बमंत्री सर्बेन्द्रनाथ शुक्लले सभामुख मार्फत सरकारसँग माग गरेका छन् ।
उनले बिभेद र आस्था माथिको प्रहारका बिरूद्ध गठित लुम्बिनी बचाउ संघर्ष समितिले राखेको १९ बूंदे माग प्रति गम्भीर भइ वार्ताका माध्ययमबाट उचित समाधान निकाल्न आग्रह गरेका छन ।
राज्यका बिभिन्न संस्था र ब्यक्तिहरूबाट लुम्बिनीमा अशान्तिको कुरा गर्ने र शान्ति भंग गर्ने प्रयास लगातार भइरेको आरोप लगाउदै बाध्यभइ आफूले यो कुरा सदनमा समेत उठाउन परेको बताए ।
‘रूमिन्देइमाइको प्राचीन मन्दिर हटाएर मायादेबीको नयाँ मन्दिर बनेको छ, त्यतिमात्र होइन, परम्परागत पूजापाठ रोकिएको छ, मूर्तिहरूलाइ काटेर बिभिन्न अंशहरू हटाइएको छ’ – संघीय सांसदको बिशेष समयमा बोल्दै पूर्ब मंत्री शुक्लले भने, ‘त्यो भनेको जनतामाझ रोश ल्याउनु हो ।’
‘वि.सं.१९८३मा तत्कालीन पुजारीले न्युक्ती पाएको प्रमाण छ, त्यो भनेको उतिबेला पनि त्यहाँ पूजाआजा हुने गर्दथ्यो । परम्परागत रूपमा लाग्दै आएको चैत्र पूर्णिमामेला प्राचीन रूमिन्देइमाइ मन्दिर, अशोक स्तम्भ र पोखरी वरपर लाग्ने गर्दथ्यो, –उनले भने, ‘कथा कडाही र मुण्डन संस्कार त्यही गर्ने परम्परा थियो ।’
राज्यका बिभिन्न संस्था र ब्यक्तिहरूबाट लुम्बिनीको शान्ती भंग गर्न खोजेको आरोप लगाउदै उनले भने, ‘मायादेबी मन्दिरको नाम रूमिन्देइ मन्दिर हो, त्यही रूमिन्देइ शब्दबाट रूपन्देही जिल्लाको नामाकरण बि.सं.२०१८ मा भएको हो ।’ लुम्बिनीका बिभन्न धर्मावलम्बीहरू मिलेर एक–अर्काको पर्ब र परम्परामा सहभागी हुदै आएको लुम्बिनीबासीको सॏहार्दता नबिगार्न उनले आग्रह गरे ।
लुम्बिनीको भित्री सडकको अवस्था कुनै ग्रामीण सडक भन्दा फरक छैन, शिक्षा र स्वास्थ्यको स्थिती पनि अत्यन्त नाजुक छ’ – उनले भने, ‘बिश्वमा बिरलै त्यस्तो स्थान होला जहाँ बिभिन्न देशका ४० वटा सांस्कृतिक केन्द्र एकै ठाउँमा स्थापित रहेको होस । लुम्बिनी त्यो स्थल हो, जहाँ सांस्कृतिक राजधानी हामीले बनाउन सक्नु पर्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu