रामलक्ष्मण सामुदायिक वनको अध्यक्षमा बेल्वासे
झविन भण्डारी-
कपिलवस्तु, कपिलवस्तु बुद्वभुमी नगरपालिका वडा न. ०३ मा अबस्थित रामलक्ष्मण सामुदायिक बन उपोभक्ता समितिको अध्यक्षमा रोमाकान्त बेल्वासे चयन भएका छ्न । आज बसेको गाउँ भेलाले उनलाइ सर्बसहमतिमा अध्यक्ष चयन गरेको हो।
अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी समेत सर्बसहमतीमा चयन भएका हुन । समितिमा उपाध्यक्ष जयलाल भण्डारी,सचिब राधिका चौधरी, सहसचिव सीता बेल्वासे, कोषाध्यक्ष भक्तुराम न्यौपाने, सदस्य पुनम थारु , बालकृष्ण थारु, बिष्णु खनाल अधिकारी, माया परियार, मिना थारु, माया थारु सहित ११ सदस्यीय पदाधिकारी चयन भएका छ्न ।
पदाधिकारी चयन पछि अध्यक्ष बेल्वासेले गाउँ समाजको बिकास यहाँ का सबै काम गर्दा समितिले समुदाय सग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
उपाध्यक्ष भण्डारीले अहिलेको समिती नया तथा जागरुक रहेको हुदा यो समितिले फरक तरिकाले जनतालाइ महसुस हुने गरि काम गर्ने बताए ।
फेरु थारुको अध्यक्ष मा रहेको बनसमितिको कार्यकाल २०८० असार मसान्तसम्म रहेको थियो।
केही महिना अघि बाट गाउँ भेला हुँदै सर्बसहमतिको पक्षमा रहेको र अन्त्यमा उत्त निर्णय नै सर्बसहमती भयो ।
अध्यक्षमा ९ जनाको उम्मेदवार, उपाध्यक्ष मा ५ जना, सचिबमा ४ जना ,सहसचिब मा २ जना, कोषाध्यक्षमा ४ जना सहित सदस्यमा ३२ जनाको उम्मेदवारी परेको थियो तर अन्त्यमा सम्पूर्ण पदाधिकारी सर्बसहमतिमा टुङ्गिएको हो ।