श्रीमतीकाे हत्या आरोपमा श्रीमान पक्राउ
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–२ की ३४ वर्षीय कमला सार्कीको हत्या गरेको आरोपमा उनका श्रीमान ओमकुमार सार्की प्रकाउ परेका हुन् ।
शनिबार विहान करिब ४ बजे ओमकुमारको कुटपिटका कारण कमलाको ज्यान गएको खबर प्राप्त हुन साथ प्रहरी चौकी निशंखेबाट प्रहरी टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी बालिस्टार सिंहले बताउनुभयो । घटना स्थल सुरक्षित राखी प्रारम्भिक कानुनी प्रकृया पुरा गरी शव परिक्षणका लागि रुम्जाटार अस्पताल पठाइएको प्रहरी निरिक्षक सिंहको भनाइ छ ।
श्रीमान ओमकुमारलाई कानुन अनुसार पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । खोटाङबाट कमलाका माईती पक्ष आईपुगे पछि घटना स्थलमा प्रारम्भिक कानुनी प्रकृया पुरा गरी शव परिक्षणका लागि अस्पताल पठाइएको छ ।