Connect with us
Kapilvast Forest

दुर्घटनामा एकको मृत्यु चार घाइते

२०८०, ४ चैत्र आईतवारमा प्रकाशित

नारायणगढ मुग्लिङ सडकमा आइतबार राती भएको दुर्घटनाका एकको मृत्यु चार जना घाइते भएका छन् । ईच्छाकामना गाउँ पालिका वडा नम्बर ६ जलवीरे स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा रौतहटको गौर बाट पोखरा तर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बसले चक्का पञ्चट भई बाटो छेउमा रोकी राखेको ना६ख ३५८० नम्बरको ट्रकको पछाडि भागमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने वर्ष ३७ को गौरी दासको दुर्घटनामा मृत्यु भएको हो ।

उहाँको उपचारका क्रममा भरतपुर ल्याउने क्रममा मृत्यु भएको हो । दुर्घटना पछि बसका चालक जिल्ला नवलपरासी[सुस्तापुर्व] कावासोती नपा १४ बस्ने वर्ष ३९ को लक्ष्मण गुरुङ प्नहरीको नियन्त्रणमा छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा ट्रक चालक जिल्ला पर्सा वीरगन्ज मनपा २३ बस्ने ३३ वर्षको हाकिम मिया, बसमा सवार जिल्ला सर्लाही बरहथवा नपा मिलन चोक बस्ने वर्ष २५ कि पूजा गुप्ता, बसमा सवार देश भारत सितामढि जिल्ला रमनगरा बस्ने वर्ष ३२ को अम्बर नाथ कुमार र बसमा सवार देश भारत विहार राज्य मजापुर जिल्ला बस्ने वर्ष ३९ कि रिता गुप्ता रहेका छन् । घाइतेको अवस्था सामान्य छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu