Connect with us
Kapilvast Forest

विजयनगरको विकासका लागि बृहत अन्तरक्रिया

२०७६, ४ मंसिर बुधबारमा प्रकाशित

राम प्रघट कोरी. कपिलवस्तु मंसिर ४,

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आज बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विजयनगर गाउँपालिकाको समग्र काम, कारवाही तथा भावी योजना लगायत विषयमा समसामायिक विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकामा भईरहेको विभिन्न गतिविधि, विकास निमार्णका कार्यमा आएको जनताका गुनासोहरुलाई प्रष्ट्याउँदै सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

विजयनगर गाउँपालिकाले आफ्नो कार्यकाल भएको प्रगतिको जानकारी गराउँदै हरेक क्षेत्रलाई समेटेर कार्य गर्नुको साथै आगामी ५ वर्ष भित्र सबै गाउँलाई सडक सञ्जाललाई जोड्दै धुलो मुक्त गाउँपालिका बनाउने दावी गर्नु भयो ।

यस्तै गाउँपालिकाको भरखर्रै कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले यहाँहरुको सहयोग, सहकार्य सुझाव सल्लाह रह्यो भने आगामी दिनमा कार्यन्वयन पक्षलाई चुस्तदुरुस्त पार्दै पारदर्शी, प्रभावकारीको साथै गाउँपालिका नै भ्रष्टाचार मुक्त हुने विश्वास दिलाउनु भयो । प्रशासनमा कुनै पनि कमी कमजोरीललाई प्राथमिकतामा राखी जनातालाई प्रत्यक्षरुपमा सहज हुने किसिमबाट काम गर्र्ने प्रतिबद्धता जनाउनु भयो ।

\कार्यक्रममा सहभागी भएका अधिकांश बोल्ने वक्ताले गाउँपालिकाबाट दिने सेवा सुविधा, विकास निमार्ण कार्य जनमैत्री, सहज र सवैको पहँुच हुनुको साथैै पारदर्शी हुनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राजपाका बाल जी प्रसाद चौधरी, समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राम निवास पुरी, दिनेश चापागाई, समाजसेवी भुलन शाह, रघुनाथ चाई, कृष्ण प्रसाद आचार्य, खिमलाल कडेल, जीतमान सुनार, अचरजनाथ तिवारी सन्तराम तेली, हरि बस्याल लगायतले हरेक गतिविधिको गुनासोसहित सुझाव सल्लाह दिएका थिए । त्यस्तै कार्यक्रममा वडा नं.७ का अध्यक्ष दिनेश चौधरी, समाजसेवी जहिरुल हसन खाँ, शितला प्रसाद चाई, राम प्यारे यादव लगायतको विशेष उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu