काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)मा शक्ति बाँडफाँडमा सहमती जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई अध्यक्ष मध्ये केपी शर्मा ओलीले सरकार र पुष्पकमल दाहालले पार्टी सञ्चालन गर्ने सहमती जुटेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
सचिवालय बैठकमा शक्ति बाँडफाँडमा नेताहरु सहमत भएसँगै आज हुने भनिएको मन्त्रिपरिषदको पुनर्गठन भोलिलाई सरेको छ ।
सचिवालय बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्दा नयाँ अनुहार छान्ने अख्तियारी समेत प्रधानमन्त्री केपी शर्मा ओलीले पाउनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आन्तरिक गृहकार्य नपुगेको कारण आज मन्त्रिपरिषद् विस्तार हुन नसकेको जानकारी दिनुभयो ।
आजै मन्त्रिपरिषद् पुनर्गठन गर्न पूर्व तयारी गरिएको थियो, तर मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्याकेजमै सहमती खोज्नु पर्ने अडान अध्यक्ष दाहालले राखेपछि सचिवालय बैठकले सरकारको नेतृत्व ओलीले लिने र पार्टी सञ्चालनको नेतृत्व दाहालले गर्ने सहमती गरेको थियो ।
याे सहमती हुनअघि दुवै अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सयुक्त भेटवार्ता गरेका थिए । यो सहमती कार्यान्वयन भएमा यो प्रतिनिधिसभाको यो कार्यकाल ओली प्रधानमन्त्री रहनु हुनेछ भने ओलीलाई मानर्थ अध्यक्ष मान्दै दाहालले पार्टीमा कार्यकारी भूमिका निभाउनु हुनेछ ।