Connect with us
Kapilvast Forest

राजु मिश्र फेरी पराजित, सर्बोच्चद्वारा रिट खारेज

२०८१, ३ जेष्ठ बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल –
कपिलवस्तु क्षेत्र नं ३ (क) प्रदेश सभा निर्वाचनको मतगणनामा धाधली भएको भन्दै दर्ता गरिएको रिट सर्बोच्च अदालतले खारेज गरेको छ ।

सर्बोच्चको रिट खारेज सगै लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचनमा उम्मेदवार बनेका रविदत्त मिश्र (राजु मिश्र) पुन पराजित बनेका छन ।

उक्त क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार केसी ११ हजार ७ सय ४२ मत ल्याई बिजयी भएका थिए । साइकल चुनाव चिन्ह लिएका मिश्रले ११ हजार ७ सय ३५ मत ल्याई पराजित भोग्नु परेको थियो ।

चन्द्रौटा स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा भएको मतगणनामा ७ मतको मतान्तरले पराजित भएका मिश्रले आबेसमा आएर विभिन्न आरोप लगाउदै पुन मतगणनाको लागि रिट दायर गरेका थिए ।

निर्वाचनमा पराजित भएको रिसको झोकमा रबिदत्त मिश्रले निर्वाचन अधिकृतको निर्णय बदरको मागको रिट सर्वोच्च अदालतमा दायर गरेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय सदस्य समेत रहेका मिश्रले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क) को निर्वाचन अधिकृतको निर्णयलाई बदर गरी पुनः मतगणना गरीपाउ भनी रिट दायर गरेका थिए ।

रबिदत्त मिश्रले दायर गरेको रिट सर्वोच्च अदालतको संबैधानिक इजलासले बुधबार खारेज गरेको छ । सर्बोच्च अदालतले निर्वाचन अधिकृत प्रकाश मरासिनीको निर्णय नै सदर गरेको छ ।

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी हाल लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्री पदमा रहेका छन ।

  • रविदत्त मिश्र भने हाल लोकतान्त्रिक समाजवादी पार्टी छोडेर राजेन्द्र महतोले नेतृत्व गरिएरहेको बहुल राष्ट्र अभियानमा जोडिएका छन ।