Connect with us
Kapilvast Forest

बंगलादेशी सांसद् हत्या आरोपी नेपालमा पक्राउ

२०८१, १९ जेष्ठ शनिबारमा प्रकाशित

बंगलादेशी सांसद् अनवरुल अजिम अनारको हत्या प्रकरणमा आरोपित एक बंगालदेशी नागरिक नेपालमा पक्राउ परेका छन्। मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशी नागरिकलाई बिहीबार नेपाल प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले यो विषय आफूलाई जानकारी नभएको भन्दै अस्वीकार गरेका छन्। बंगलादेशी सांसद् अनवरुल अजिम अनारको २२ मे मा भारतको कलकत्तामा हत्या गरिएको थियो।

उनको हत्यामा भारतबाट केही व्यक्तिलाई पक्राउ गरिसकेको छ भने केही सन्दिग्ध व्यक्ति फरार रहेको जनाइएको थियो। हत्यामा बंगलादेशका तीन र कोलकाताका एक जना पक्राउ परेको भारतीय समाचार संस्थाहरुले जनाएका छन्।

अन्य चार आरोपी शाहीन, सियाम, फैजल र मुस्ताफिजुर अझै बेपत्ता रहेको जनाइएकोमा मोहम्मद सियाम हुसेनलाई भने नेपालबाट पक्राउ गरिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu