Connect with us
Kapilvast Forest

सीमा जोगाउन क्षत्री समाजद्धारा प्रधानमन्त्रीलाई ज्ञापन

२०७६, ५ मंसिर बिहीबारमा प्रकाशित

नारद कोहार, कपिलबस्तु, मंसिर ५,

सीमा जोगाउन क्षत्री समाज नेपाल जिल्ला कार्य समिति कपिलबस्तुले विहिबार जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

पछिल्लो समय देशका विभिन्न स्थानमा सीमा मिचिएको भय पनि सरकार सरकारले कुटनीतिक आधारमा वार्ता गरी तत्काल समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

विगत लामो समय देखि नेपाल र भारतका विचमा खास गरी तराई क्षेत्र र पश्चिमी क्षेत्रको कालापानी, लिपुलेख र लिम्पियाधुरा लगायतका भू भागहरुमा भारतले सीमा अतिक्रमण गर्दै आएको छ । यसले हाम्रो सुमधुर सम्बन्धमा भावनात्मक असर पारेको छ ।

दुर्भाग्य मान्नु पर्छ कि लामो समयदेखि विभिन्न क्षेत्रमा सीमा रेखाहरु नाघेर भारतीयहरुबाट नेपाली भू भागहरुमाथि कव्जा जमाउने, नेपालीहरुलाई आाफ्नो घरबासबाट खेद्ने, सीमा क्षेत्रमा आग्ला बाँधहरु ठड्याएर नेपाली भू भागलाई डुवानमा पार्ने जस्ता अतयन्त अमानविय एव्म दुव्र्यवहारपूर्ण कार्यहरु हुदैं आइरहेका ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तो अवस्थामा हालै मात्र नेपालको कालापानी लगायतका क्षेत्र भारतबाट प्रकाशित नक्सामा भारत तर्फ राखिएको घटनाप्रति क्षत्री समाज नेपालको गम्भीर ध्यानकर्षण भएको ज्ञापन पत्रमा छ ।

ऐतिहासिक तथ्यहरुले ती भुभागहरु नेपालको भूभाग भएको कुरा स्पष्ट पर्दछ, अतः हामी शान्तिपूर्ण रुपमा सरकारले यथाशिघ्र समस्याको समाधान गरोस् भनी आव्हान गर्दर्छौ । यदी यसमा ढिलासुस्ती हुन्छ र सरकारले खुट्टा कमाउछ भने आफ्नो मातृभुमीको रक्षा एव्म राष्ट्यि अखण्डताको लागि हामी आम क्षत्रीहरु जुनसुकै कदम उठाउन पनि पछि नपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पटक पटक सीमा अतिक्रमण भई रहदा समेत सरकार मौन बस्नुले भारतको हेपाहा प्रवृति बढ्दै गएको क्षत्री समाजका संस्थापक नारायण बहादुर सिंहले बताए ।

ज्ञापनपत्र क्षत्री समाज नेपालका जिल्ला अध्यक्ष देवेन्द्र कुमार पोखरेल क्षत्री, केन्द्रीय सदस्य विष्णुराज टण्डन, दुर्गा के.सी. लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ लाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ श्रेष्ठले यो पत्र यथाशिघ्र सम्बन्धित निकायमा बुझाउने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu