नेपाल आदर्श बहुमुखी क्याम्पसको समिति गठनमा कांग्रेस र माओवादी असन्तुष्ट
सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा गठन भएको समितीमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असन्तुष्टि ब्यक्त गरेका छन ।
क्याम्पसले आज वीरेन्द्र सिंह केसीको अध्यक्षतामा १३ सदस्य क्याम्पस ब्यवस्थापन समिति गठन गरेको छ ।
नेपाली काँग्रेस शिवराज नगर समितिले विज्ञप्ति जारी गर्दै क्याम्पसमा राजनीति नगरी सर्वसहमतिले क्याम्पस ब्यवस्थापन समिति गठन गर्नुपर्ने माग सहित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याम्पस सञ्चालन समितिको गठन प्रक्रिया अगाडी बढेको अवस्थामा हाम्रो पाटीले क्याम्पस जस्तो गरिमामय पवित्र शैक्षिक संस्थालाई राजनीतिक संग जोडेर लानु भन्दा सर्वसहमति मै सञ्चालक समिति गठन गरिनु पर्ने नगरसभापति मधुसूदन पोख्रेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सहमती मै समिति गठन गर्ने विषय अगाडि बढ्दै गर्दा निर्वाचन तालिका सार्वजनिक गरिनु उचित नदेखिएको उल्लेख गरिएको छ ।
सहमती र सहकार्यमा हाम्र प्रतिबद्धता कायमै राख्दै निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय अनुसार नयाँ निर्वाचित सञ्चालक समितिलाई बाहिरैबाटै क्याम्सपका समग्र विकासमा पुर्ण सहयोग गर्ने पतिबद्धता जाहेर गर्ने विज्ञप्तिमा लेखिएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेपाल आदर्श बहुमुखी क्याम्पस सञ्चालन समितिको गठन प्रक्रियामा शिक्षण संस्था जस्तो सम्मानीत र संवेदनशील स्थानमा सर्वपक्षीय सहमतीको आधारमा समिति गठन गर्नुपर्ने धारणा सहित विज्ञप्ति प्रकाशित गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवराज नगर कार्यवाहक अध्यक्ष सीता बुढाथोकी र सचिव रविन्द्र बुढाथोकीले हस्ताक्षर गरेको विज्ञप्तिमा सर्वपक्षीय सहमतीको लागि आवश्यक पहल गरि रहँदा समेत शिवराज नगर स्थित नेकपा (मओवादी केन्द्र) को कुनै पनि पार्टी कमिटीसंग अधिकारीक छलफल र संवाद विनै क्याम्पस सञ्चालन समिति गठन प्रक्रिया आगडि बढाएकोले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सर्वपक्षीय र सर्वदलीय सहकार्य प्रति प्रतिवद्ध रहदै निर्वाचन प्रक्रियामा हाम्रो पार्टीको तर्फबाट सहभागी नहुने कुरा यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको कार्यबाहक अध्यक्ष सीता बुढाथोकीले जानकारी दिनुभयो ।
हेर्नुस् विज्ञप्ति 
