Connect with us
Kapilvast Forest

राहत र उद्धारका लागि गृहमन्त्रीको ध्यानाकर्षण

२०८१, ५ असार मंगलवारमा प्रकाशित

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमक्ष ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सो जिल्लाका विभिन्न स्थानमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे ध्यानाकर्षण गराउनुभएको छ । बाढीपहिरोमा परी हालसम्म पाँच जनाको मृत्यु तथा ठुलो भौतिक क्षति भइसकेको छ ।

प्रतिनिधि सभाका सदस्यहरू योगेश भट्टराई, उर्मिला थेबे, लीलादेवी बोखिम (लिम्बू) ले मङ्गलबार उपप्रधानमन्त्रीसमक्ष भेट गरी जिल्लाका दर्जनौँ घरमा भएको क्षतिले सयौँको सङ्ख्यामा मानिस विस्थापित भएको तथा पक्की, झोलुङ्गे र काठे पुल तथा सडकमा भएको क्षतिले यातायातका साधन सञ्चालन हुन नसक्ने गरी विभिन्न स्थानमा आवतजावत तथा यातायातसमेत अवरुद्ध भएको अवगत गराउनुभएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu