कपिलवस्तु महाराजगन्जका महिलाहरुलाई आर्थिक अनुदान
कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिका १० का २५ जना विपन्न लक्षित वर्गका महिलाहरुले आर्थिक जिविकोपार्जनका तालिम प्रदान गरिएको छ ।
हरदौनाका महिलाहरुलाई जनही २६ हजारका दरले ६ लाख ५० हजार अनुदान र महिलाहरुको जिविकोपार्जनका लागि ५ दिने तरकारी खेती व्यवसाय तालिम प्रदान गरिएको छ ।
महिला वालवालिका तथा जयेष्ठ नागरिक मन्त्रालयको चालु वर्ष २०८०–०८१ को स्विकृत वार्षिक कार्यक्रम राष्ट्रपति महिला शशक्तिकरण जीविकोपार्जन सुधार कार्यक्रम अन्तरगत
आर्थिक अनुदान र तालिम प्रदान गरिएको छ ।
महाराजगन्ज १० का विपन्न महिला, कोभिड १९ प्रभावित महिला, एकल महिला, हिंसापिडित महिला, परिवारमा कृर्षि वाहेक अन्य कुनै नियमित रोजगारी नभएका महिलालाई लक्षित गरी कृर्षि तथा पशुपालन पर्यटन र गैरकृर्षि क्षेत्रमा केन्द्रित भई स्थानिय विपन्न महिलालाई सिप विकास तालिम प्रदान गरी व्यावसाय स्थापना र सञ्चालन गर्न खर्च अनुदान (टेवा पुजी वा विउपुजी) प्राप्त गरेकाछन् ।
प्रकृति चन्द्रमा प्रतिष्ठान कपिलवस्तुको आयोजनामा महाराजगंज १० स्थित जनता माविको सभा हलमा प्रकृती चन्द्रमा प्रतिष्ठानका अध्यक्ष रोमलाल खनालको अध्यक्षता र महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामको प्रमुख आतिथ्यतामा बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
सोहि कार्यक्रमको प्रमाणपत्र एवम् चेक हस्तान्तरण गर्दै नगर प्रमुख अब्दुल कलामले लक्षित वर्गको क्षमता र स्वरोजगार बनी आयमा वृद्धि गर्न यस कार्यक्रम कोसेढुङ्गा प्रमाणित भएको बताउनुभयो ।
महाराजगंज नगरपालिका १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले बोल्दै विपन्न महिला लगायत लक्षित वर्गलाई छनोट गरि तालिमको क्षमता विकास मार्फत उद्यमसिलता गर्नका लागि अनुदान रकम वितरण गरिएको बताउनुभयो ।
सोहि समापन सत्रको कार्यक्रममा बोल्दै पकृती चन्द्रमा प्रतिष्ठानका अध्यक्ष रोमलाल खनालले कपिलवस्तु जिल्लाको अत्यन्तै पिछडिएको क्षेत्र हर्दौना वडामा विपन्न लक्षित समुदायलाइ तालिम र अनुदान कार्यक्रमबाट जिविकोपार्जन गर्ने हैसियतमा सुधार ल्याउने कार्यक्रमको मुल मर्म रहेको र सोहि अनुसार कार्यक्रम सम्पन्न गरिएको बताउनुभयो ।
उक्त कार्यक्रममा सहभागिको तर्पmबाट गिता धोवीले तालिम जिवनउपयोगि रहेको र प्राप्त अनुदान रकम आय आर्जनमा लगाउने र काम गरेर देखाउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
कार्यपालिका सदस्य उसा चमार वडा सदस्यहरु बासुदेव अहिर, मैनुदिन मुसलमान, अन्जली रैदासको उपस्थिती रहेको कार्यक्रमको संचालन प्रकृती चन्द्रमा प्रतिष्ठानकी कार्यकारी निर्देशक सरिता श्रीसले गर्नभएको थियो ।
प्रकृति चन्द्रमा प्रतिष्ठानले विगत केहि समय अगाडी देखिनै नेपाल सरकारको संघ प्रदेश र स्थानिय निकायहरु संग लक्षित समुदायको विकाशका लागि सामाजिक परिचालन, क्षमता विकास, आयआर्जन, जिवीकोपार्जन र भौतिक पुर्वाधार निर्मणका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।
