कपिलवस्तु शिवगढी खानेपानीको विवाद चरम उत्कर्षमा
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका ९ स्थित शिवगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा किचलो भएको छ ।
पुरानो ब्यवस्थापन समिति र नया गठित समिति विच विबाद हुदा किचलो भएको छ ।
गत फागुन २९ गते सम्पन्न भएको तेस्रो साधारणसभाबाट निर्वाचित नयाँ समितिलाई पुरानो समितिले कागजपत्र नबुझाउदा नया समिती काम विहिन बनेको छ ।
शिवगढी खानेपानी उपभोक्ता समितिको अध्यक्ष नन्दलाल पुरीको समयवधी सकिएपछि फागुन २९ गते साधारणसभा भएको थियो । साधारणसभाले निर्वाचन समिती निर्माण गरि नया समिती गठन गरेको थियो ।
साधारणसभाले बिरसिंह सुनारको अध्यक्षतामा ११ सदस्य उपभोक्ता समिती गठन गरिएको थियो ।
शिवगढी खानेपानी उपभोक्ता समितिको अध्यक्ष नन्दलाल पुरीले उक्त साधारणसभा नम्माने र पुन आम भेलाबाट समिती गठन गर्नु पर्ने माग सहित कागजात आफू सहित राखेका छन ।
नया समितिले पुरीसग पटकपटक उपभोक्ता समितिको कागजात माग गर्दा कुनै सुनुवाइ नगरेको अध्यक्ष विरसिंह सुनारले जानकारी दिनुभयो ।
आज शिवराज ९ का वडा अध्यक्ष राम गोपाल चौधरीको नेतृत्वमा स्थानीयको आम भेला भएको छ । भेलामा बोल्ने अधिकांसले पुरानो समितिले नया समितीलाई कागजात बुझाउनु पर्ने धारणा राखेका थिए ।
शिवगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाले निर्माण गरेको निर्वाचन समितिका सदस्य हरि श्रेष्ठले पुरानो समितिले नया समितिलाई कागजपत्र बुझाई काम गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा राख्नु भयो ।
त्यस्तै अर्का सदस्य प्रमोद सुबेदीलले पनि पुरानो समितिको कार्यावधी सकिएकाले नया समितिलाई जिम्मेवारी दिनु पर्ने बताउनु भयो ।
स्थानीय युवा रामु सुनारले नया समिती वैधानिक भएकाले जिम्मेवारी दिनु पर्ने बताउनु भयो ।
नया युवाहरुको समितिलाई जिम्मेवारी दिई पुरानो समिती सल्लाहकारमा बस्नु पर्ने सुनारले भनाई ब्यक्त गर्नुभयो ।
भेलामा सहभागी भएका स्थानीय युवा बिनोद लुईटेलले आमभेला बनाउनु पर्ने धारणा राख्नुभयो । फेरि आम भेला बोलाई सबैको सहमतिमा समिती गठन गर्नु पर्ने वताउनु भयो ।
स्थानीय शिक्षक विक्रम केसीले शिवगढिबाट एकताको सन्देश दिनु पर्ने बताउनु भयो । युवाहरु संबेदनसिल हुनुपर्नेमा केसीले जोड दिनुभयो ।
आज जम्मा भएका आमभेलाबाट कुनै निकास ननिस्किएको स्थानीयले जानकारी दिएका छन ।