Connect with us
Kapilvast Forest

तिलगङ्गा विश्वविद्यालय विधेयक संसदमा

२०८१, १५ असार शुक्रबारमा प्रकाशित

आँखा स्वास्थ्य विधामा उच्च शिक्षा प्रदान गर्न तथा आँखा उपचारमा पहुँच विस्तार गर्न नेत्र विश्वविद्यालय स्थापना हुने भएको छ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्को राष्ट्रिय सभामा हालै पेस भएको छ ।

आँखा स्वास्थ्य विज्ञान स्कुल स्थापना गर्ने, आफ्नै आँखा अस्पताल स्थापना गर्ने तथा आँखा स्वास्थ्यसम्बन्धी वस्तु उत्पादन र बिक्रीवितरण गर्नका लागि आवश्यकता अनुसार उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना हुन लागेको हो । यस विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई पर्ने छैन ।

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलगायत संलग्न रहेको ‘नेपाल आँखा कार्यक्रम’ र मकवानपुरमा रहेको ‘अन्धोपन निवारण समाज नामको सामाजिक संस्थामार्फत विश्वविद्यालय सञ्चालन हुने छ । यी दुवै संस्थाको सम्पत्ति तथा भौतिक संरचना यस विश्वविद्यालयको हुने छ ।

यी दुई संस्थाको ३१ जिल्लामा सम्पत्ति तथा जायजेथा रहेको छ । “सरकारलाई आर्थिक भार नपर्ने, आफ्नै उत्पादन केन्द्र रहने गरी स्थापना हुन लागेको तिलगङ्गा नेत्र विश्वविद्यालय साँच्चै विदेशी विद्यार्थीका लागिसमेत उत्कृष्ट गन्तव्य हुने छ,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भन्नुभयो ।

विश्वविद्यालय सञ्चालनमा आएपछि अन्य मित्रराष्ट्रमा समेत हाल आँखा कार्यक्रमको सेवा विस्तार हुँदै जाने र यसबाट नेपाल प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय ख्याति वृद्धि हुने विश्वास लिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्धनात्मक, अनुसन्धनात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्न यो विश्वविद्यालयले योगदान दिने विश्वास रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu