राष्ट्रिय युवा संघद्धारा कपिलवस्तुमा वृक्षारोपण
कपिलवस्तु-
राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
जननेता स्वः मदन भण्डारीको ७३ औ जन्मजयन्तीको अवसरमा एक युवा, पाँच विरुवा अभियान अन्तरगत कपिलवस्तु बिजयनगर गाउँपालिका ४ सुरही पुल छेउको खाली ठाउँमा बिभिन्न प्रजातीका २ सय बढी बिरुवा बृक्षारोपण गरिएको छ ।
वृक्षारोपण कार्यक्रम युवा संघ नेपाल स्थायी कमिटी सदस्य धनु अधिकारीको प्रमुख आतिथ्यता तथा युवा संघ शिवराज नगर कमिटी अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले बिरुवा रोपेर मात्र नहुने त्यसको संरक्षण पनि आवश्यक रहेको बताउनुभयो । बृक्षारोपण पछि अधिकारीले समय समयमा बिरुवाको अनुगमन तथा मलजल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य विजय कुवंर, जिल्ला संयोजक तिलक गिरि, एमाले शिवराज नगर कमिटि कार्यवाहक अध्यक्ष महादेब पोख्रेलले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा युवा संघ कपिलवस्तु पुर्व जिल्ला इन्चार्ज टोपलाल पोखरेल, एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य जगत प्रसाद पौडेल, लक्ष्मी हमाल, बिष्णु सोति, कविराज अधिकारी लगायत एमाले जिल्ला, नगर एवम युवा संघका पदाधिकारी सदस्य तथा पार्टीका जनबर्गिय संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
