माओवादी केन्द्रद्वारा धान दिवसमा रोपाई कार्यक्रम
सनिउल्ला धोबी-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आयोजनामा धान दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा धान दिवस मनाइएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य दिनेश पुनले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवराज ९ वडा कमिटीको आयोजनामा धान दिवसमा कार्यक्रम आयोजना गरिएको हो ।
शिवराज नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तथा माओवादी केन्द्रका नेता राम गोपाल चौधरीको खेतमा रोपाऊ गरी धान दिवस कार्यक्रम सम्पन्न भएको माओवादी केन्द्रका नेता जीवन खड्काले जानकारी दिनुभयो ।
रोपाई कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।