लोसपाका वरिष्ठ उपाध्यक्ष शाह एमाले प्रवेश
न्युज सेन्टर नेपाल, कपिलवस्तु– लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पुर्व कृषिमन्त्री अकवाल अहमद शाह नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शाहलाई पार्टी प्रवेश गराउनु भएको छ ।
कपिलवस्तु कृष्णनगर घर भएका शाह नेकपा एमाले कपिलवस्तुका संस्थापक नेता समेत हुन ।
शाह २६ बर्ष पछि फेरि एमालेमा प्रवेश गरेका छन । शाह एमाले प्रवेश गरेपछि कपिलवस्तुमा राजनीतिक चहलपहल बढेको छ ।