Connect with us
Kapilvast Forest

त्रिशूलीमा हराएका ६२ मध्ये चार यात्रु मृत भेटिए

२०८१, ३१ असार आईतवारमा प्रकाशित

पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका दुई वटा यात्रुबाहक बसमा सवार चार यात्रु मृत भेटिएका छन्।
आइतबार गैडाकोटमा मृत फेला परेका यात्रु भारतको बेतिया मझेलिया थानास्थित गुठिया ईन्दुका ३० वर्षीय सजाद अन्सारी रहेको पुष्टि भएको छ। उनका दाइ मेराज हुसेनले सनाखत गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

दाइ मेराजका अनुसार, सजाद वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्सको बसमा सवार थिए। बस त्रिशूलीमा हराएको खबर पाएपछि खोजबिनका लागि मेराज सिमलताल पुगेका थिए। आइतबार गैंडाकोटमा शव भेटिएपछि भरतपुर ल्याइएको थियो।

यसअघि तीन जना यात्रुको सनाखत भएको थियो। गैंडाकोटमै सर्लाहीको बरहथवा नगरपालिका-३ का १९ वर्षीय रमितकुमार माझी मृत भेटिएका थिए। उनका बुवा रविन्द्रकुमार माझीले सनाखत गरेका हुन्। रमित काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बसमा सवार रहेको बुवा रविन्द्रले बताएका छन्।

त्यस्तै, गैंडाकोटमै मृत भेटिएका चितवनको माडी नगरपालिका-२ का २२ वर्षीय विकास परियार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा सवार रहेको पाइएको छ। उनका दाइ विजय परियारले सनाखत गरेका थिए। उनी काठमाडौं आउनका लागि भरतपुरबाट बसमा चढेको दाइ विजयले बताए।

यसअघि शनिबार गोलाघाटमा मृत भेटिएका भारतको बिहारस्थित सितामणि बर्गिनिया जमुवाका २८ वर्षीय ऋषिपल साह काठमाडौंबाट गौर जाँदै गरेको बसमा सवार यात्रु रहेको पुष्टि भएको थियो। उनका दाइ सतपाल साहले सनाखत गरेका थिए। उनी काठमाडौंमा काम गर्दै आएका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu