Connect with us
Kapilvast Forest

सर्पको बिगबिगी बढ्दै, सचेत रहन आग्रह

२०८१, २ श्रावण बुधबारमा प्रकाशित

रूपन्देहीको सैनामैना नगरपालिका –१० पानबारीका सर्प उद्धारकर्ता चेतबहादुर सारु ‘कान्छा’ लाई अहिले उद्धारका लागि फुर्सदै छैन । जब वर्षा मौसम आउँछ, अनि सारु कान्छाको व्यस्तता सुरु हुन्छ । वर्षाको मौसममा विषालु सर्पको बिगबिगी बढेको छ ।

गाउँघरमा विषालु सर्प देख्नेबित्तिकै मानिसहरु डराउने अवस्था छ । सर्प देख्नेबित्तिकै उद्धारका लागि रुपन्देहीको सैनामैना –१० झिमझिमियाका सारु सहयोगी मात्र होइन, सबैका प्रिय बन्नुभएको छ ।

सारु कान्छाले यो वर्षको गर्मीयाम सुरु भएपछिको असार महिना सकिनै लाग्दा तीन महिनाको अवधिमा ४० भन्दा बढी विषालु गोमन, करेत लगायतका सर्पको उद्धार गरेर जङ्गलमा छोडेको बताउनुभयो ।

सर्प उद्धार गर्दा कसैले खुसी भएर दिएको पैसा सारु कान्छा आफैंले खर्च गर्नुहुन्न बरू क्यान्सरपीडित, सुत्केरी र बालबालिकाका लागि सहयोग गर्दै आउनुभएको छ । सर्प उद्धारकै क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो तर उहाँ बाँच्नुभयो ।

कान्छाले भन्नुभयो, ‘मरे मर्छु, तर यो काम छोड्दिन ।’ सर्प उद्धारकर्ताको रुपमा आफ्नो परिचय बनाउनुभएका सारुलाई गाउँघरमा सारु कान्छा भनेर धेरैले चिन्छन् । अहिले दैनिक पानी परिरहेकाले सर्पको बिगबिगी बढेको बेला चेतबहादुर बुटवल पश्चिम क्षेत्रका जनताका लागि वरदान सावित हुनुभएको छ ।

उहाँले भन्नुभयो, “सर्प समात्नु निश्चय नै जीवनमाथिको ठूलो खेलवाड हो, सर्पले टोकिहालेमा ज्यानै जानसक्छ तर मेरो सानो सहयोगले अरुको भलाइ हुन्छ भने म जोखिम लिन तयार छु ।”

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डा. नेत्र रानाले गर्मीयाम सुरु भए यता अस्पतालमा सर्पले टोकेर उपचार गर्न आउने बिरामीको सङ्ख्या बढिरहेको बताउनुभयो । डा. रानाले हरेक दिन सर्पदंशका बिरामी अस्पताल आउनेगरेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu