Connect with us
Kapilvast Forest

सरकार मुलुकमा समृद्धि ल्याउने दिशामा : मन्त्री भट्टराई

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

नेपालगञ्‍ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागिपरेको बताएका छन्। नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको शनिबार नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गरे।

सरकारको नारालाई देश विदेशमा पुर्‍याउन नेपालगञ्ज म्याराथनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने बताए। शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको उनको भनाइ थियो।

नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगञ्ज आएको बताउँदै मन्त्री भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दाबी गरे। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणा लगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउन सहयोग गरेको बताए।

नेपालगञ्ज म्याराथनको पाँचौँ संस्करणमा २ हजार ७०० जनाभन्दा बढी सहभागी भएका छन्। नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगञ्ज म्याराथनको सुरुवात गरिएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।

उनका अनुसार म्याराथनमा प्रथम हुनेलाई रु.६५ हजार, दोस्रो हुनेलाई रु. ३५ हजार र तेस्रो हुनेलाई रु.२५ हजार पुरस्कार प्रदान गरिनेछ। यस्तै, हाफ म्याराथनतर्फ प्रथम हुनेलाई रु.३५ हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु.२० हजार र रु.१० हजार प्रदान गरिने छ। नेपालगञ्जको बिपीचोकबाट सुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बिपीचोकमा आएर म्याराथन पूरा हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu