Connect with us
Kapilvast Forest

सरकारमा बस्ने वा बाहिरिने छलफल गर्न समाजवादी पार्टीले बोलायो बैठक

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

काठमाडौं । अध्यक्ष उपेन्द्र यादव भारतबाट फर्केपछि समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ। शनिबार अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्नेबारे छलफल हुनेछ।

प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै समाजवादीका नेताहरुलाई मन्त्रिपरिषद्बाट हटाउनुका साथै अध्यक्ष यादवको मन्त्रालय समेत फेरिदिएका थिए। उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

समाजवादीका नेता स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पनि प्रधानमन्त्री ओलीले हटाएका थिए।

केन्द्रीय अध्यक्ष यादव भारतमा रहेको र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गोरखामा रहेका कारण समाजवादीले अहिलेसम्म सरकारबारे धारणा बनाउन नसकेको उपाध्यक्ष नवराज सुवेदीले जानकारी दिए।

समाजवादी पार्टीमा अहिले सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा अन्यौल देखिएको छ। केही नेताले अब सरकारमा बस्न नहुने बताउँदै आएका छन् भने केहीले राजपा सरकारमा जाने अवस्थामा सरकार छोड्न नहुने तर्क गर्दै आएका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu