Connect with us
Kapilvast Forest

भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ

२०८१, ६ श्रावण आईतवारमा प्रकाशित

pakrau

भिनाजुको हत्या गरेको आरोपमा सोलुखुम्बुमा एक जना पक्राउ परेका छन् । थुलुङ दूधकोशी गाउँपालिका-२ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत शनिबार पक्राउ परेका हुन् ।

सोही गाउँपालिका-१ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । सुरेशको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu