Connect with us
Kapilvast Forest

किन रोजे घनश्याम भुसाले कृषि मन्त्रालय नै

२०७६, ७ मंसिर शनिबारमा प्रकाशित

भैरहवा- कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आफ्नै रोजाईले कृषि मन्त्रालयको जिम्मेवारी लिएको बताएका छन्। शनिबार लुम्बिनी प्रेस क्लब रुपन्देहीले गौतमबुद्ध विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्।

गुजारामुखी श्रम र परम्परागत कृषिलाई उद्यममा ल्याउनु नै आफ्नो मुख्य चासो रहेको बताएका उनले कृषि मन्त्रालय काम गर्न उपयुक्त मन्त्रालय भए पनि मन्त्रालयमा ऐतिहासिक समस्या रहेको बताए। ‘प्रधानमन्त्रीले मलाई कृषि मन्त्रालय अफर गर्नुभयो। कृषि हाम्रो प्राथमिक क्षेत्र भएकाले म मन्त्री बन्न राजी भएँ। मेरो रोजाइको मन्त्रालय नै प्रधानमन्त्रीले अफर गर्नुभयो,’ भुसालले भने, ‘कृषिको समस्या समाधान गर्नका लागि म तप्पर छु।’

मन्त्री भुसालले सरकारको नीति, कार्यक्रम र बजेटले गरेको अपेक्षा र खोजेको परिणाम लागू गर्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। ‘२०३६ साल देखि मैले नै भाषण गर्दै आएको छु, सरकार छ, राजा छ, पञ्चायत छ, कीर्तिमानी राजा छ तर जनताले किन मल पाउँदैनन्? जनताले खेती गर्ने बेलामा किन मल पाउँदैनन्? म आफैं भाषण गर्दै आएको छु,’ उनले भने।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यसमेत रहेका भुसालले परम्परागत गुजारामा चलेको कृषि/श्रमलाई उद्यममा ल्याउन र बढी प्रभावकारी बनाउन प्रयत्न गर्ने बताए।
मलबिउको समस्या समाधान गर्न जतिसक्दो छिटो प्रक्रिया बनाएर समाधान गर्न सकिने भएकोले यसबारे एक महिना नसोध्न उनले आग्रह गरे। यसबारे प्रधानमन्त्रीसँग कुरा गर्न नपाएकोले कम्तीमा एक महिना नसोध्न उनले आग्रह गरे। भारतले नेपालको भूमि आफ्नो नक्सामा प्रकाशित गरेकाबारे पत्रकारको जिज्ञासामा भुसालले कुनै पनि राष्ट्रले बहुपक्षीय विवाद युद्धले समाधान गर्न नसक्ने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu