नेपाल तरुण दलले दाङमा तरुण प्रशिक्षण गर्ने
दुख हरण यादव
नेपाल तरुण दल दाङ क्षेत्र नं १ को क्षेत्रीय बैठकले बृहत तरुण प्रशिक्षण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।
नेपाल तरुण दल दाङ क्षेत्र नं १ का क्षेत्रीय सभापति किरण बिक्रम शाहको सभापतित्वमा बसेको बैठकले बिभिन्न कार्ययोजना सहित बैठक सम्पन्न गरेको छ ।
शाहको अध्यक्षतामा बसेको बैठकले भदौको पहिलो साता बृहत तरुण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । नेपालि काङ्ग्रेसको निति सिद्धान्तलाइ आत्मसात गर्दै क्षेत्रनं १ मा बृहत तरुण सम्मेलन तथा प्रशिक्षण गरेर जुझारु तरुण तयार गर्ने उद्देश्यको साथ सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सभापति शाहले बताएका छन ।
त्यसै गरि समितिले तरुण दल चलायमान र गतिशिलको लागि पालिका र वडा तहमा नेपाल तरुणदलको समिति बिस्तारको लागि पालिका स्तरिय तरुण दललाइ निर्देश गर्नुको सातै सोको गतिबिधि प्रतिबेदन नियमितरुपमा क्षेत्रमा पेश गर्ने निर्णय गरिएको छ ।
त्यसै गरि समितिको बैठकले स्थानिय निकायमा हुनसक्ने अनियमितता नियन्त्रण पारदर्शिता र शुससासनकायम गर्नको लागि बिधि प्रक्रिया निति अनुसार काम कार्वाहि भए नभएको बिसयमा खबरदारी गर्ने पनि निर्णय गरेको छ ।
नेपाल तरुणदल क्षेत्रीय समितिलाइ चुस्त र गतिशिल बनाउन ग्रासरुट लेबल देखि तरुण दल प्रति आकर्षण गर्ने योजना बनाउने ,अन्य पार्टीका युवा भन्दा बढि सक्रिय , समर्पित उर्जावान बनाउने पार्टि पंक्तिमा निति र बिधान अनुसार काम गर्न अनुरोध गर्दै सबै युवा एक जुट हुन शाहले आनुरोध गरे।
तरुणदलका क्षेत्रीय उपाध्यक्ष हरि बहादुर पुनको स्वागत मनत्व्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव रमेश खड्काले गरेका थिए ।