Connect with us
Kapilvast Forest

कपिलवस्तुमा २४ सय कुखुराका चल्ला नष्ट

२०८१, २२ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु- विजयनगर वडा नम्बर ७ गेडुवाजोतमा २४ सयवटा कुखुराका चल्ला अवैध रूपमा नेपाल ल्याउँदै गर्दा पक्राऊ गरिएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले सुराकीको आधारमा उक्त पक्राऊ गरेको हो।

अवैध रूपमा भारतबाट नेपाल ल्याइँदै गरेका ती चल्ला लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरका दुई मोटरसाइकलमा ल्याइँदै थिए। मंगलवार विहान ४ बजे तस्करहरू प्रशासनलाई देखेपछि मोटरसाइकल सहित कुखुराका चल्ला छाडेर भागेका थिए।

चल्लाहरू पशु क्वारेन्टाइनका डा. दयाराम चौधरी, पत्रकार, र स्थानीय समाजसेवीहरूको रोहवरमा नष्ट गरिएका छन् भने मोटरसाइकलहरू भन्सार पठाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu