कपिलवस्तु अस्पतालका डाक्टर बन्जाडेको सरुवा
कपिलवस्तु – कपिलवस्तु अस्पतालका वारिष्ठ मेडिकल सुपरिटेण्डन डाक्टर किशोर बन्जाडेको सरुवा भएको छ।
एक महिना अघि गुल्मी अस्पतालबाट सरुवा भएर कपिलवस्तु अस्पताल आएका डाक्टर बन्जाडेको कोशी अस्पताल विराटनगर सरुवा गरिएको हो।
सचिव स्तरिय निर्णयअनुसार, २०८१ साउन २२ गतेको निर्णयबाट डाक्टर बन्जाडेको कोशी अस्पतालमा सरुवा गरिएको छ।