Connect with us
Kapilvast Forest

डाक्टर मोमिताको सम्झनामा कपिलवस्तुमा दीप प्रज्वलन

२०८१, ७ भाद्र शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
भारतको डाक्टर मोमिता देबनाथको बलात्कारबाट मृत्यु भएको घटनाले समाजमा ठूलो असर पारेको छ। यस घटनाप्रति संवेदनशीलता व्यक्त गर्दै कपिलवस्तुको चन्द्रौटा चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

चन्द्रौटामा रहेका विभिन्न संघ संस्थाहरुको पहलमा आयोजित दिप प्रज्वलन कार्यक्रममा शिवराज नगरपालिकाका मेयर अजय थापा, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका कपिलवस्तु अध्यक्ष विष्णु खतिवडा, महिला अधिकारकर्मी मिना परियार, अधिकारकर्मी महादेव पोख्रेल,तौलेश्वर चौधरी, अजय सिंह, लेखनाथ घर्ती, दिपक द्विबेदी, जगत पौडेल, खगेश्वर गिरी, सोना मिश्रा, कविता आचार्य,इन्दु चौधरी, अर्जुन बेल्बासे लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित व्यक्तिहरुले डाक्टर मोमिता देबनाथको परिवारप्रति समवेदना प्रकट गर्दै यस्ता अपराधहरुलाई समाजबाट निर्मूल पार्न सक्नुपर्नेमा जोड दिए । उनीहरुले मानव अधिकारको संरक्षण र महिलामाथि हुने हिंसाको अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने बताए।

दीप प्रज्वलन कार्यक्रममा सहभागिहरुले मोमिता देबनाथको सम्झनामा दीप बालेर उनको आत्माको चीर शान्तिको कामना गरेका थिए। कार्यक्रमको अन्त्यमा सबैले महिलामाथि हुने हिंसा र अन्यायको विरोध गर्दै समाजमा सचेतना फैलाउन प्रतिबद्धता व्यक्त गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu