Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरी सीमा सुरक्षामा अब्बल छ : महानिरीक्षक अर्याल

२०८१, ७ भाद्र शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु,
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाको जिम्मेवारी दृढतापूर्वक पूरा गर्दै आएको बताएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देही, चन्द्रौटा, कपिलवस्तुमा सातौं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका आईजीपी अर्यालले सीमा क्षेत्रमा प्रहरी बलले प्रभावकारी रूपमा निगरानी गर्दै आएको र नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न सशक्त रूपमा क्रियाशील रहेको स्पष्ट पारे।

आईजीपी अर्यालले भने, “सशस्त्र प्रहरी बलले चौकिदारको भूमिकामा रहेर सीमा क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण, र राजस्व चुहावट रोक्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। राज्यले दिएको अधिकारको भरपुर उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्चित गराउन हामी प्रतिबद्ध छौं।”

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिकुमार खत्रीले प्रदेशभित्र सशस्त्र प्रहरी बलले गरेका कामहरू र तिनका उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गरे। उनले सशस्त्र प्रहरीको भूमिकाले राज्यको सुरक्षा प्रणालीलाई सुदृढ बनाएको र यसले नागरिकहरूको विश्वास जित्न सफल भएको उल्लेख गरे।

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सशस्त्र प्रहरी बलले पालिकाहरूलाई समन्वयमा ल्याएर शान्ति सुरक्षामा अतुलनीय योगदान गरेको बताए। उनले भने, “सशस्त्र प्रहरी बल नेपाली नागरिकहरूको शान्ति सुरक्षामा अब्बल छ। स्थानीय तहसँगको सहकार्यले सुरक्षाको प्रत्याभूति मात्र होइन, राज्यसत्ता र नागरिकबीचको सम्बन्धलाई पनि बलियो बनाएको छ।”

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सशस्त्र प्रहरी बलको स्थापना पश्चात् द्वन्द्व नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन र आपराधिक गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।

सातौं स्थापना दिवसको अवसरमा आयोजित यस विशेष कार्यक्रममा देउडा र मारुनी नृत्य प्रस्तुत गरियो, जसले नेपाली संस्कृतिको झल्को दिएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, र सुरक्षासँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। विभिन्न विधाका उत्कृष्ट व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu