Connect with us
Kapilvast Forest

कपिलवस्तु बारको अध्यक्षमा भट्टराई निर्वाचित

२०८१, ८ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तु-
नेपाल बार एशोसियन कपिलवस्तुको अध्यक्षमा लोकतान्त्रिक प्यानलका ज्ञान हरि भट्टराई निर्बाचित भएका छन ।

भट्टराईको अध्यक्षतामा ११ सदस्यीय लोकतान्त्रिक प्यानल निर्वाचित भएका छन । शनिवार तौलिहवा स्थित बारको परिसरमा भएको निर्वाचनमा भट्टराईले बाम गठबन्धनका उम्मेदवार चक्र बहादुर क्षेत्रीलाई १२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचन संयोजक हुम बहादुर कुवर अनुसार भट्टराईले ३० र क्षेत्रीले १८ मत पाएका छन । उपाध्यक्षमा शैलेन्द्र कुमार धर द्धिबेदी, सचविमा राजुृ कुमार श्रीवास्तव, कोषाध्यक्षमा कृष्ण बन्जाडे निर्वाचित भएका छन ।

कार्य समिति सदस्यहरुमा नगेन प्रसाद निरौला, जगन्नाथ अर्याल, माहोम्मद कलीम मुसलमान, अंकिता श्रीवास्तव, महेन्द्र प्रसाद खनाल, शंकर घिमिरे र अभिमन्यु कुवर रहेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu