युवाहरू स्वरोजगार बन्नु पर्छ: वडाअध्यक्ष अनुप
कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका-७ स्थित निविहवा चोकमा सुधा मोबाइल सेन्टरको उद्घाटन गरिएको छ । एक विशेष कार्यक्रमका बीच शिवराज नगरपालिका-७ का वडा अध्यक्ष अनुप कुमार चौधरी र वडा नं. ८ का वडा अध्यक्ष रिजवान खानले संयुक्त रूपमा मोबाइल पसलको उद्घाटन गरेका हुन् ।
राज पासवानले सन्चालन गरेको सुधा मोबाइल सेन्टरको उद्घाटनले स्थानीय युवाहरूलाई उद्यमशीलतामा संलग्न गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष अनुप कुमार चौधरीले युवाहरूले स्वरोजगार बन्नु पर्ने धारणा व्यक्त गरे । उनले युवाहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्ने र आर्थिक विकासमा टेवा पुर्याउने यस्ता प्रयासहरू आवश्यक रहेको बताए ।
मोबाइल पसलले यस क्षेत्रका युवाहरूलाई रोजगारको अवसर प्रदान गर्न र उद्यमशीलता प्रवर्द्धन गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।