Connect with us
Kapilvast Forest

स्वास्थ्य मूल्यांकनमा विरपुर स्वास्थ्य चौकीको उत्कृष्ट सुधार

२०८१, २२ भाद्र शनिबारमा प्रकाशित

कपिलवस्तुको विरपुर स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा सुविधामा उल्लेखनीय सुधार गरेको छ ।

यसै सुधारका कारण शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न सूचकहरूको आधारमा स्वास्थ्य चौकीलाई दोस्रो स्थानमा पुर्याएको छ ।

यस उपलब्धिलाई सम्मान गर्दै, शिवराज नगरपालिकाले बिरपुर स्वास्थ्य चौकीलाई प्रशंसा पत्रले सम्मानित गरेको वडाअध्यक्ष माहेताब आलम खाले जानकारी दिनुभयो ।

शिवराज नगरपालिकाका ६ वडा अध्यक्ष माहेताब आलम खाँका अनुसार यस मूल्यांकनमा प्रथम स्थान खरेन्द्रपुर स्वास्थ्य चौकीले हासिल गरेको छ भने दोस्रो स्थान विरपुर स्वास्थ्य चौकीले प्राप्त गरेको छ ।
स्वास्थ्य सेवा प्रदानमा गुणस्तरीय कामका लागि विरपुर स्वास्थ्य चौकीका सबै कर्मचारीहरूले प्रशंसा पत्र प्राप्त गर्न पाउँदा उत्साहित भएको स्वास्थ्य चौकी इन्चार्ज राजेश कुवारले बताउनु भयो।

प्रशंसा पत्रमा बिरपुर स्वास्थ्य चौकीले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उत्कृष्ट काम गरेको स्पष्ट रूपमा उल्लेख गरिएको छ । नगरपालिकाले बिरपुर स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, तथा जनप्रतिनिधिहरूलाई बधाई दिंदै, आगामी दिनहरूमा पनि यस किसिमका प्रयासलाई निरन्तरता दिन आग्रह गरेको छ ।

यो सम्मानले स्वास्थ्य चौकीलाई अझ प्रभावकारी सेवा प्रदान गर्न प्रेरित गर्ने विश्वास शिवराज नगरपालिकाले लिएको छ । यससँगै, स्वास्थ्य सेवाको स्तरोन्नतिमा योगदान पुर्याउन थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu